२०८३ बैशाख २४ गते , विहीबार
संखुवासभामा पेस्तोलसहित एकजना पक्राउ
संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चैनपुर नगरपालिका–१ नुनढाकीका ४२ बर्षीया दिलकुमार चोङवाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक कुमार जबेगुले जानकारी दिए।
प्रहरी निरीक्षक जबेगुका अनुसार बिशेष सूचनाको आधारमा प्रहरी चौकी नुनढाकी र सङ्खुवासभाको संयुक्त प्रहरी टोलीले १ (एक) थान कटुवा पेस्तोल सहित पक्राउ गरिएको हो।
दिलकुमारले कटुवा पेस्तोल बोकेर हिँडडुल गर्ने गरेको सूचनाको आधारमा उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। बरामद भएको कटुवा पेस्तोलसहित चोङवाङविरुद्व मुलुकी अपराध संहिता, २०७४ को हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।