२०८३ बैशाख २४ गते , विहीबार
हतियार देखाएर सहकारी कर्मचारीबाट ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ परेका छन्। रकम लुट्नेमा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ परेकाहरूको साथबाट प्रहरीले केही रकम समेत बरामद गरेको जनाएको छ।
गत वैशाख ४ गते धनुषाको सबैला–१२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुईजना हतियारधारीले जनकपुरधाम–१९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए।