२०८३ असार ३ गते , बुधबार

अज्ञात समूहले जलाए स्कुल बस

sajilo news
झापा
२०८१ बैशाख ३० गते , आईतबार
अज्ञात समूहले जलाए स्कुल बस

अज्ञात समूहले आइतबार भरतपुरमा एक स्कुल बसमा आगजनी गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित दद्रेनी पुलमा स्मल हेभन स्कुलको बसमा आगजनी भएको हो ।

भरतपुर कल्याणपुरमा रहेको स्कुलबाट विद्यार्थी ओसार्न अमृतनगरतर्फ गइरहेको बसमा आगजनी भएको विद्यालयका प्रध्यानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिए ।

चारवटा मोटरसाइकलमा आएका छ जनाको समूहले बस रोकी पेट्रोल छर्किएर आगजनी गरेको बताइन्छ । उनीहरु आगजनी गरेर फरार भएका छन् । आगजनीबाट बा ०६००१ क ००४५ नम्बरको बस पूर्णरुपमा क्षति भएको छ ।

प्रध्यानाध्यापक न्यौपानेले कसले र कुन उद्देश्यले बसमा आगजनी गरे भन्ने नखुलेको बताए । स्मल हेभन काठमाडौंको लिटल एन्जल्सको समन्वयमा चलेको स्कुल हो ।

सम्बन्धित समाचार