२०८१ श्रावण २ गते , बुधबार

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो

sajilo news
पत्रपत्रिका
२०८१ बैशाख ३० गते , आईतबार
सौर्य आँधी पृथ्वीसँग ठोक्कियो

केप क्यानभरल (अमेरिका) । पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन ग¥यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।

शुक्रबार दिउँसो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले दुर्लभ गम्भीर भू–चुम्बकीय आँधीको चेतावनी जारी गरेको थियो । बेलायतमा प्रमुखरूपमा प्रदर्शन भएको उत्तरी रोशनीहरूको प्रभाव सप्ताहन्तसम्म र सम्भवतः आगामी सातासम्म रहने थिए ।

बेलायतमा धेरैले शनिबार बिहानै सामाजिक सञ्जालमा रोशनीको फोन स्न्याप साझा गरेका छन् । यो घटना दक्षिणमा लन्डन र दक्षिणी इङ्गल्यान्डसम्म देखिएको छ । बेलायतको मौसम एजेन्सी मेट कार्यालयका मौसमविद् क्रिस स्नेलले भने, ‘मुलुकभर माथिदेखि तलसम्म दृश्यहरू थिए ।’

उनले कार्यालयले प्राग र बार्सिलोनालगायत अन्य युरोपेली स्थानबाट पनि फोटो र जानकारी प्राप्त गरेको बताए । एनओएएले पावर प्लान्ट र कक्षमा अन्तरिक्ष यानका सञ्चालकहरूका साथै संघीय आपतकालीन व्यवस्थापन एजेन्सीलाई पनि सावधानी अपनाउन सचेत गराएको छ ।

एनओएएका स्पेस वेदर प्रेडिक्सन सेन्टरका वैज्ञानिक रब स्टिनबर्गले भने, ‘पृथ्वी ग्रहमा अधिकांश मानिसका लागि उनीहरूले केही गर्न‘पर्दैन ।’ एनओएएले आँधीले अमेरिकाको सुदूर दक्षिणमा अलाबामा र उत्तरी क्यालिफोर्नियासम्म रोशनी उत्पन्न गर्न सक्ने बताएको छ । तर यसको भविष्यवाणी गर्न कठिन थियो । आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार