२०८३ असार ३ गते , बुधबार
कमलका किशोरीहरूलाई आत्मरक्षा तालिम
झापाको कमल गाउँपालिकामा किशोरीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन भइरहेको छ । गाउँपालिकाको सात वटै वडाका विद्यालयमा अध्ययनरत किशोरीहरूलाई लक्षित गरेर आत्मरक्षा तालिम सञ्चालन गरेको महिला तथा बालबालिका शाखा प्रमुख रिता कार्की रिजालले जानकारी दिइन् ।
तालिममा प्रत्येक वडाका ३५ जना किशोरीलाई तालिम प्रदान गरिने महिला तथा बालबालिका शाखाले जनाएको छ । तालिम सञ्चालन गर्ने क्रममा वडा नम्बर २,३,४र ५ सम्पन्न भइसकेको र बाँकी वडामा क्रमशः सञ्चालन गर्दै जाने प्रमुख कार्कीले बताइन् ।
तालिममा सहभागी किशोरीलाई सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालिम शिक्षालयका खटिएका मिना कठेत लगायतको टिमले प्रशिक्षण दिइरहेको छ ।