२०८१ पौष २९ गते , सोमबार

पोर्नस्टार डेनियलसँगको सम्बन्धका कारण अप्ठ्यारोमा ट्रम्प

sajilo news
एजेन्सी
२०८१ बैशाख २८ गते , शुक्रबार
पोर्नस्टार डेनियलसँगको सम्बन्धका कारण अप्ठ्यारोमा ट्रम्प

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक पोर्न स्टारलाई पैसा दिएर चुप लाग्न आग्रह गरेको आरोप लागेको छ । यस मुद्धामा अमेरिकी अदालतमा सुनुवाइ भएको छ । यसै क्रममा पोर्न स्टार स्टर्मी डेनियलले आफ्नो बयान दिएकी छिन् । स्टर्मीले ट्रम्पलाई सन् २००६ मा भेटेको उनी ६० वर्षको उमेरमा भएको बताइन। स्टर्मी त्यतिबेला २७ वर्षकी थिइन् ।

ट्रम्पले २०१६ को राष्ट्रपतीय चुनाव अघि मौन बस्न स्टर्मीलाई पैसा तिरेको आरोप छ । ट्रम्पका वकिलले पनि ट्रम्पको तर्फबाट पोर्न स्टारलाई १ लाख ३० हजार डलर दिएको स्वीकार गरेको थियो । यसपछि त्यसको क्षतिपूर्ति दिन पूर्वराष्ट्रपतिले व्यापार अभिलेखमा सो रकम लुकाएको आरोप लागेको छ ।

५ घण्टासम्म चलेको अदालतको सुनुवाईमा स्टर्मीले सन् २००६ को सेलिब्रेटी गल्फ प्रतियोगितामा ट्रम्पले उनलाई होटलमा बोलाएको बताइन् ।  उनी आइपुग्दा ट्रम्प आफैंले ढोका खोलेको बताइएको छ । कुराकानीका क्रममा दुवैबीच हानाहान भएको थियो ।

स्टर्मीले भनिन्, ‘जब मैले ट्रम्पलाई उनकी श्रीमतीको बारेमा सोधे, उनले मलाई भने कि उनीहरू अब एउटै कोठामा सुत्दैनन् । कुराकानीकै क्रममा स्टर्मी बाथरुममा गइन् । यसपछि ट्रम्प आफ्नो कोठामा पुगे । उनीहरु टी–सर्ट र सर्टमा थिए । स्टर्मीले पनि कोठाबाट बाहिर निस्कन खोजे तर ट्रम्पले उनलाई रोके । त्यसपछि दुवैबीच शारीरिक सम्बन्ध बन्यो ।’

न्यूयोर्क टाइम्सका अनुसार, स्टर्मीले आफ्नो बयानको क्रममा प्रत्येक घटनालाई विस्तृत रूपमा वर्णन गरेकी थिइन् । यसैबीच न्यायाधीशले पटकपटक आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै उनलाई रोकेको थियो। स्टर्मीको बयानमा ट्रम्पलाई गाली गरेको देखियो । स्टर्मीले ट्रम्पको अगाडि यो विषयलाई सम्बोधन गरेको यो पहिलो पटक थियो ।

पोर्न स्टारले यो सबै पैसाका लागि नभई डरका कारण गरेको बताइन् । अन्तमा, कोठाबाट बाहिर निस्किदा उनको हात काँपिरहेको थियो र उनले जुत्ता पनि लगाउन नसकेको बताइन् । स्टर्मी होटलबाट बाहिरिँदै गर्दा ट्रम्पले उनलाई छिट्टै भेट्न भनेको कुरा बयानमा उल्लेख छ । त्यो दिनपछि पनि दुवै सम्पर्कमा रहेको स्टर्मीले बताइन्। 

सम्बन्धित समाचार