२०८३ असार २ गते , मंगलबार

सामीद्वारा वैदेशिक रोजगारीमा जानेहरूलाई गहन अभिमुखीकरण

sajilo news
झापा
२०८१ बैशाख २६ गते , बुधबार
सामीद्वारा वैदेशिक रोजगारीमा जानेहरूलाई गहन अभिमुखीकरण

भद्रपुर । वैदेशिक रोजगारीको नाममा ठगी र अलपत्रका घटना बढेसँगै विदेश जानेहरूलाई गहन अभिमुखीकरण दिइएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले भद्रपुर नगरबाट वैदेशिक रोजगारीमा जाने युवायुवतीहरूलाई गहन अभिमुखीकरण प्रदान गरेको हो । 

भद्रपुर–६ स्थित मन्त्रीचोकमा सहभागीहरूलाई सामीका सामाजिक परिचालन अधिकृत शेखर बुढाथोकीले वैदेशिक रोजगारीमा जानेहरूको समस्या, अशिक्षा, सीपको कमी, भाषाको समस्या, कानुनको ज्ञान नभएको, देखासिकी गर्ने बानी, पारिवारिक मनमुटाब र ठगीबाट बच्न अपनाउनु पर्ने कानुनी प्रक्रियाको बारेमा जानकारी गरेका थिए ।

भद्रपुर ६ नम्बर वडा अध्यक्ष रतिया राजवंशीको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख राधा कार्की, कार्यपालिका सदस्य सन्ध्या हाडा, प्रशंसा ठटाल, रेखा साफी लगायतको उपस्थिति रहेको थियो ।  

सम्बन्धित समाचार