२०८३ जेष्ठ १० गते , आईतबार

आजदेखि कक्षा १२ को परीक्षा सुरु

sajilo news
झापा
२०८१ बैशाख १४ गते , शुक्रबार
आजदेखि कक्षा १२ को परीक्षा सुरु

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु भएको छ ।  बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन् । उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन्।

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन्। देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।

परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ र देशबाहिर जापानमा एक गरी कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्र निर्धारण गरेको अध्यक्ष शर्माले बताए। सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ–मुस्ताङमा एक–एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ। पहिलो पटक बोर्डले यसवर्ष स्वचालित स्यान्डम प्रक्रियाबाट काठमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो।
परीक्षा संचालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन्।

सम्बन्धित समाचार