२०८३ असार १ गते , सोमबार

फोनिज युके पत्रकारिता पुरस्कारबाट दिपीन र सङ्गीता सम्मानित

sajilo news
झापा
२०८१ बैशाख १० गते , सोमबार
फोनिज युके पत्रकारिता पुरस्कारबाट दिपीन र सङ्गीता सम्मानित

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेद्वारा स्थापित ‘फोनिज युके पत्रकारिता सम्मानबाट झापाका अग्रज पत्रकार दिपीन राई सम्मानित भएका छन् ।

लामो समयदेखि ग्रामीण पत्रकारिता गर्दै पहिचानको पक्षमा कलम चलाउनुको साथै सुशासन कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

पत्रकार राईसँगै चितवनकी पत्रकार सङ्गीता चेपाङलाई फोनिज युके पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सम्मान र पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । कार्यक्रमकी प्रमुख अतिथि तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सम्मानित दुवै पत्रकारलाई सम्मान पत्र र पुरस्कार प्रदान प्रदान गरेकी थिइन् ।

फोनिजका अध्यक्ष गजुरधन राईको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार महासंघका पूर्व सभापति महेन्द्र विष्ट, फोनिज पूर्व अध्यक्ष दण्ड गुरुङ, फोनिज युकेकी निर्वतमान अध्यक्ष गोमा राना मगर, प्रेस सेन्टर, प्रेस चौतारी, प्रेस युनियन, समाजवादी प्रेसका प्रतिनिधिहरू लगायत र सम्मानित पत्रकार राई र चेपाङले आ–आफ्नो विचार राखेका थिए ।

सम्बन्धित समाचार