२०८१ माघ २५ गते , शुक्रबार

‘बोकेदाह्री’सँगै झुम्यो मेचीनगर, कलाकर्मी राई सम्मानित

sajilo news
झापा
२०८१ बैशाख ३ गते , सोमबार
‘बोकेदाह्री’सँगै झुम्यो मेचीनगर, कलाकर्मी राई सम्मानित

मेचीनगर । प्रतिभा टोल विकास संस्थाको आयोजनामा बृहत् सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ। नयाँ वर्ष २०८१ सालको अवसरमा शनिबार मेचीनगर-८ स्थित मक्कर चोकमा साँझ राष्ट्रिय ख्यातिप्राप्त कलाकार श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ले दर्शकलाई झुमाएका थिए । श्रीकृष्ण लुइँटेलले बाँके बर्दिया, मुखमा हान्नु जस्तो, ए बा किन्देऊन भट्भटे, तेरो बाउ थोतेलगायत दर्जनौँ गीत गाएका थिए ।

कार्यक्रममा कोशी सिङ्गिङ एन्ड डान्सीङ स्टार विजेता रिया बालमपकी मगर, द ब्लु डान्स एकाडेमी आमडाँगी, क्रेजी स्क्वाट डान्स सेन्टर काँकडभिट्टाको डान्स रहेको थियो भने स्थानीय कलाकारहरू राजेश धिमाल, निर्मल बास्तोला र तिलक मैनालीलगायतले गीत प्रस्तुत गरेका थिए ।
 संस्थाका अध्यक्ष रोहित श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्य मेचीनगर-८ का अध्यक्ष गिरीराज धमलाको रहेको थियो । कार्यक्रममा मेचीनगर ८ का निवर्तमान वडा अध्यक्ष विकेन्द्र धिमाल, पूर्व कार्यपालिका सदस्य टिकाराम मंग्राती, मेचीनगर-८ का वडा सदस्य तथा कार्यपालिका सदस्य कविता खनाल मिजार, वडा सदस्य विष्णु भट्टराई, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, समाजसेवी राम मगर, राम बानियाँलगायतको आतिथ्य रहेको थियो ।

नयाँ वर्ष २०८१ साललाई भव्य स्वागत गर्दै नेपाली कला संस्कृतिलाई जगेर्ना गर्दै स्थानीय प्रतिभाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको अवसरमा मेचीनगर ८ मा विगत दुई दशक अघिदेखि कला संस्कृति जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कुमार राईलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो । संस्थाका सचिव भूपाल बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार युवराज आचार्यले गरेका थिए ।

सम्बन्धित समाचार