२०८१ माघ १० गते , विहीबार

४४ विपन्न परिवारलाई झुल वितरण

sajilo news
झापा
२०८१ बैशाख ३ गते , सोमबार
४४ विपन्न परिवारलाई झुल वितरण

झापा । सहयोगी मनहरू नेपालले झापा र मोरङका विभिन्न ठाउँका विपन्न परिवारलाई आइतबार झुल वितरण गरेको छ । अपाङ्ग-असहाय, अनाथ, दृष्टि विहीन तथा उपचार अभावमा रहेकाहरूलाई आर्थिक तथा परोपकारीको रुपमा सहयोग पुर्याउदै आएको संस्थाले एकै दिन ४४ परिवारलाई झुल वितरण गरेको हो ।

संस्थाका सदस्यबाट स्वैच्छिक रुपमा संकलन गरिएको आर्थिक सहयोगले विपन्न सहयोग कार्यक्रम अन्तरगत नि:शुल्क झुल वितरण गर्न सुरु गरिएको संस्थाका सचिब विष्णु उप्रेतीले जानकारी दिए । गर्मी मौसममा लामखुट्टेको टोकाइबाट डेङ्गुका बिरामी बढेसँगै त्यसबाट बच्न संस्थाले एकै दिन छुट्टाछुट्टै ठाउँमा विपन्न परिवारलाई झुल वितरण गरेको हो । आफ्ना सदस्यले स्थानीय विपन्न परिवारको लगत सङ्कलनको आधारमा झुल वितरण गरेको आयोजकले बताएको छ ।
झापाको मेचीनगर-९ खुट्टीडाँगीस्थित सत्यनारायण मन्दिर परिसरमा स्थानीय अति विपन्न ३० परिवारलाई झुल वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर-९ का वडाध्यक्ष कञ्चन तामाङ र प्राकृतिक द्वन्द्व रूपान्तरण केन्द्रको संयोजक सङ्गीता थापा तथा संस्थाकी सदस्य प्रतीक्षा पराजुलीले संयुक्त रुपमा विपन्नलाई झुल वितरण गरेका थिए ।
संस्थाका उपाध्यक्ष सुमनराज रिमालको अध्यक्षतामा सम्पन्न  कार्यक्रमको सञ्चालन संस्थाका सचिव विष्णु उप्रेतीले गरेका थिए । कार्यक्रममा स्थानीय समाजसेवी युवराज कटुवाल लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी मोरङ जिल्लाको पथरी शनिश्चरेमा १४ परिवारलाई २० थान झुल वितरण गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि वडा प्रतिनिधि अम्बिका लिम्बुले विपन्न परिवारलाई झुल वितरण गरेका थिइन् । भीमप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न झुल वितरणमा खेम ढुङ्गेल, नेत्रप्रसाद घिमिरे अनिता श्रेष्ठले सहजीकरण गरेका थिए । सविन रिमालले औचित्यमाथि प्रकाश कार्यक्रमको सञ्चालन दीपेश खनालले गरेका थिए । कोभिड-१९ र त्यसपछि विभिन्न रुपमा समस्यामा परेका समुदाय र परिवारलाई सहयोग पुर्याउदै आएको संस्थाले २०७६ सालमा संस्थापन प्रक्रिया पूरा गरिसकेको सचिब उप्रेतीको भनाई छ ।

सम्बन्धित समाचार