२०८३ बैशाख २४ गते , विहीबार

इलाममा ३९० ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ

sajilo news
इलाम
२०८१ बैशाख २ गते , आईतबार
इलाममा ३९० ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ

इलाममा ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । प्रहरी चौकी दानावारिबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो साढे ३ बजेको समयमा माई नगरपालिका- १ मा लागुऔषधको कारोबार भइरहेको प्राप्त सूचनाको आधारमा स्थानीय २५ वर्षीय रोमन श्रेष्ठ र २२ वर्षीय विकल कार्कीलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई चेकजाँच गर्दा ३९० ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

सम्बन्धित समाचार