२०८३ बैशाख २४ गते , विहीबार

छुरा प्रहारबाट एक जनाको मृत्यु

sajilo news
झापा
२०८१ बैशाख २ गते , आईतबार
छुरा प्रहारबाट एक जनाको मृत्यु

खोटाङमा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ।  छुरा प्रहारबाट  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३१ वर्षीय धनजित राईको गएराति सवा ८ बजे मृत्यु भएको खोटाङ प्रहरीले जनाएका छन्। 

स्थानीय भीमबहादुर राईको मकैबारीमा छुरा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जनाकारी दिए।  तीन जनाले छुरी प्रहार गरेको र उनीहरू फरार रहेको कार्कीको भनाइ छ। 

सम्बन्धित समाचार