गणेशमा सिंह फाउन्डेसन कोशीको उपाध्यक्षमा बस्नेत
झापा । गणेशमा सिंह फाउन्डेसन कोशी प्रदेशको उपाध्यक्षमा विनोद बस्नेत चयन भएका छन् । झापा गोल्डकपका अध्यक्ष समेत रहेका बस्नेत फाउन्डेसनको उपाध्यक्षमा चयन भएका हुन् । विभिन्न सामाजिक संघ संस्थामा रहेर उत्कृष्ट कार्य गर्दै आएका बिर्तामोड निवासी बस्नेत सहित फाउन्डेसनको सदस्यमा झापाकै ज्ञानु थापा चयन भएका छन् ।
यता सल्लाहकार समितिमा समेत दुई जना झापालीलाई मनोनयन गरिएको छ । फाउन्डेसनको सल्लाहकार समितिमा छविलाल खतिवडा र कुमारमणि पोखरेल मनोनीत भएका हुन् ।
फाउन्डेसनको अध्यक्षमा भने श्याम प्रसाद पौडेल (मोरङ),उपाध्यक्षमा झापाका बस्नेत सहित नगेन्द्र दाहाल (मोरङ) र महिला उपाध्यक्षमा सरिता राई (उदयपुर) रहेका छन् । सुनसरीका शम्भु विश्वास सचिव र मोरङ निवासी सोमनाथ तिम्सिना महासचिवमा चयन भएका छन् ।
फाउन्डेसनको सदस्यहरूमा विष्णु बराल (सुनसरी), होमबहादुर कार्की (तेह्रथुम), निरकुमार शर्मा (सोलुखुम्बु),अविनाश भट्टराई (पाँचथर) मगल लिमङ्ग (ताप्लेजुङ), यमन राई (भोजपुर), ज्ञानु थापा (झापा), सुमना तिम्सिना (धनकुटा),भोजकुमार अधिकारी (सोलुखुम्बु) गजेन्द्र भगत (उदयपुर),राम हृदय राय (राज) सुनसरी र कृष्णराज शाक्य सङ्खुवासभा रहेका छन् ।
यता फाउन्डेसनको पाँच सदस्यीय सल्लाहकार समितिमा छविलाल खतिवडा (झापा), फुल कुमार लालवानी (मोरङ), विनोद नेपाल (सुनसरी),कुमारमणि पोखरेल (झापा) र वीरेन्द्र शाह सुनसरी रहेका छन् ।