२०८३ बैशाख २४ गते , विहीबार
झापाको बिर्तामोडमा एक महिला मृत फेला
झापा । झापाको बिर्तामोड नगरपालिका– ४ स्थित अदुवा पुल नजिकै एक महिला मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत भेटिएकी महिला मेचिनगर नगरपालिका- १ घर भएका अन्दाजी ३५ वर्षकी सुनिता राजवंशी रहेको र उनी कवाडीको सामान उठाउने काम गर्दै बिर्तामोड पुगेकी थिइन् ।
मृत भेटिएकी महिला अदुवा पुल उत्तरको एक घरमा बस्दै आएको जानकारी प्रहरीलाई प्राप्त भएको छ । शनिवार राती ९ बजेको समयमा उनको शव भेटिएको र हाल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाने तयारी भइरहेको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।