२०८३ असार १ गते , सोमबार

माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञा हट्यो

sajilo news
काठमाडौं
२०८१ बैशाख १ गते , शनिबार
माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञा हट्यो

काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको छ। गत फागुन ४ गतेदेखि लागू गरिएको निषेधाज्ञा आजदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। 

यसअघि काठमाडौंका विभिन्न ठाउँमा २ महिनासम्मका लागि भन्दै भेला, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभाजस्ता विरोधका कार्यक्रम नगर्न आदेश जारी गरिएको थियो। 

२ महिनासम्मका लागि ५ जना बढी भेला व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गर्नेगरी काठमाडौंका विभिन्न ठाउँलाई तोकेर निषेध जारी गरेकोमा हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति काठमाडौंको आजको सिफारिस अनुसार माइतीघर मण्डलादेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई २०८१ वैशाख १ गतेदेखि निषेध आदेश कायम नरहने सबैलाई सूचित गरिन्छ’ जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार