२०८३ असार १ गते , सोमबार

चट्याङ लागेर एक जनाको मृत्यु

sajilo news
झापा
२०८० चैत्र ३० गते , शुक्रबार
चट्याङ लागेर एक जनाको मृत्यु

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर ३८ वर्षीय एक पुरुषको ज्यान गएको छ । बिहीबार साँझ वर्षासँगै परेको चट्याङले लागी खिजीदेम्बा ४ लोसाका बमनबहादुर तामाङको ज्यान गएको हो ।

तामाङ घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर ढली बेहास भएका थिए । तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका सूचना अधिकारी बालिष्टार सिंहले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

सम्बन्धित समाचार