२०८३ असार १ गते , सोमबार

भद्रपुरका सहकारीलाई लेखा व्यवस्थापन सम्बन्धी तालिम

sajilo news
झापा
२०८० चैत्र ३० गते , शुक्रबार
भद्रपुरका सहकारीलाई लेखा व्यवस्थापन सम्बन्धी तालिम

भद्रपुर । सहकारीमा बढ्दो अनियमितता र ठगीका कारण बचतकर्ताहरूको ठुलो रकम जोखिममा परिरहेको बेला भद्रपुर नगरपालिकाले सहकारी संस्थाहरूको क्षमता विकास तथा लेखा व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ । 

बचतकर्ताहरूको रकम सुरक्षितसँगै सहकारीलाई कसरी चलायमान बनाउने उद्देश्यले नगर सहकारी विकास शाखाले नगर तथा प्रदेश मातहतको नियमन क्षेत्रभित्र रहेका २६ वटा सहकारी संस्थाका ५० जना व्यवस्थापक र कर्मचारी चार दिने तालिम दिइएको हो । 

चैत २७ गतेबाट सुरु भएको तालिमको क्रममा सहकारी संस्थाको अडिट रिपोर्ट बनाउने अडिटरका कारण सहकारीहरू बढी जोखिममा रहेको निष्कृश निकालिएको छ । आउँदो दिन अडिट रिपोर्ट बनाउँदा त्यसमा ध्यान दिए मात्र सहकारीमा हुने गरेको कारोबारको जोखिममा कमी आउने बताइएको छ ।  

सहकारी विकास शाखाका प्रमुख नेत्रप्रसाद पोखरेल, सूचना प्रविधि शाखा प्रमुख कृष्णप्रसाद भट्टराई, नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले सहजीकरण गरेका थिए । उनीहरूले सहभागीहरूलाई सहकारीमा बढ्दो जोखिम, त्यसको न्यूनीकरणका उपाय, लेखा व्यवस्थापन, ऐन तथा कानुनका बारेमा जानकारी गराएका थिए । 

भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य तथा आर्थिक विकास संयोजक प्रशंसा ठटालको अध्यक्षतामा भएको समापन कार्यक्रम सहभागीहरूको तर्फबाट महेश पुलामी मगर र गीता कार्कीले तालिमबाट लिएका अनुभव शेयर गरेका थिए । 

सम्बन्धित समाचार