२०८३ असार १ गते , सोमबार

दुर्गापुर–सुखानी सडकको दहिझोडा जङ्गलमा ट्रक पल्टिदा चालक घाइते

sajilo news
झापा
२०८० चैत्र ३० गते , शुक्रबार
दुर्गापुर–सुखानी सडकको दहिझोडा जङ्गलमा ट्रक पल्टिदा चालक घाइते

झापा । दुर्गापुर–सुखानी सडकको दहिझोडा जङ्गलमा ट्रक पल्टिएको छ । दुर्घटनामा परी ट्रक चालक घाइते भएका छन् ।  झापा दुर्गापुरबाट इलाम जीतपुर गोलिया लिन हिँडेको प्र–१–०१–००१ख ३९९९ नम्बरको ट्रक टायर पड्किएर सडक भन्दा २० फुट तल खोल्सीमा पल्टिदा गाडी धनीसमेत रहेका बिर्तामोड निवासी २५ वर्षीय रोजन गुरुङ घाइते भएको सहचालक सौरव दियालीले जानकारी दिए । गुरुङको हातको कुइनोमा समस्या भएपछि उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको जनाइएको छ । 

 

सम्बन्धित समाचार