२०८१ माघ ३० गते , बुधबार

बिदा हटाउने दुस्साहस नगर्न इस्टुको चेतावनी

sajilo news
झापा
२०८० चैत्र ३० गते , शुक्रबार
बिदा हटाउने दुस्साहस नगर्न इस्टुको चेतावनी

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुरले प्याब्सन/एनप्याब्सनको नाममा सहमति विपरीत विद्यालयहरूलाई बिदा हटाउने दुस्साहस नगर्न चेतावनी दिएको छ ।

नगर समितिको बैठकले शैक्षिक वर्ष २०८१ को क्यालेन्डर निर्माण गर्दा भद्रपुरका ठुला भनिएका केही विद्यालयले विगतमा भएका सहमति कार्यान्वयन नगरी मनलागी बिदा हटाउने प्रयास गरेको भन्दै सशक्त रूपमा प्रतिकार गर्दै अगाडि बढ्ने निर्णय गरेको हो ।

नगर अध्यक्ष विदुर ढुङ्गानाको अध्यक्षतामा सम्पन्न बैठकले कोरोना कालको ५ महिनाको तलब भुक्तानी गर्ने सहमतिबाट पनि संस्थागत विद्यालयका सञ्चालकहरूपछि हटेको कारण श्रम अदालत जाने ठहर समेत गरेको छ । बैठकले शैक्षिक वर्ष २०८० पनि ठुला भनिएका विद्यालयहरू तथा प्याब्सन÷एन प्याब्सनको नेतृत्वमा प्रभावशाली रहेकाहरूले सहमति कुल्चिएर अगाडि बढ्दा श्रम शोषण निरन्तर भइरहेकाले श्रम तथा रोजगार कार्यालयमा शोषण गर्ने विरुद्ध किटानी जाहेरी दिने अवस्था आएको प्रस्ट पारिएको छ ।

बैठकले प्याब्सन÷एनप्याब्सन नेतृत्वलाई समस्या आउनु पूर्व बिदा हटाउने कार्य सच्याउन आग्रह समेत गरेको छ । समयमा नसच्चिए पछाडि आउने समस्याको जिम्मेवारी लिन विद्यालय सञ्चालक तथा प्याब्सन÷एन प्याब्सन नेतृत्वलाई तयार रहन चेतावनी समेत दिइएको छ ।

सम्बन्धित समाचार