२०८३ असार १ गते , सोमबार

दमकमा आगलागी, लाइफलाइन हस्पिटलको डाइलिसिस मेशिनमा क्षति 

sajilo news
झापा
२०८० चैत्र २८ गते , बुधबार
दमकमा आगलागी, लाइफलाइन हस्पिटलको डाइलिसिस मेशिनमा क्षति 

झापाको दमकस्थित लाइफलाइन हस्पिटल छेउमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । लाइफलाइन हस्पिटल छेउमा रहेको प्रेमबहादुर धिमालको स्नेहा होटेलबाट साँझ ७ बजेतिर आगलागी सुरु भएको थियो ।

आगलागीबाट प्रेमबहादुर धिमालको ९२ लाख बराबरको क्षति भएको छ । त्यस्तै नजिकै रहेको लाइफलाइन हस्पिटलको डाइलिसिस गर्ने मेशिनमा क्षति पुगेको छ । त्यसबाट डेढ करोड बराबरको क्षति भएको जनाइएको छ । त्यस्तै मेघबहादुर तामाङको रुवि होटेलमा पनि क्षति पुगेको छ । तामाङको करिब १६ लाख बराबरको क्षति भएको छ । अर्को घरमा पनि क्षति पुग्दा करिब दुई लाख बराबरको क्षति भएको दमक प्रहरीले जनाएको छ ।

दमक,कमल , गौरादह र पथरीको दमकल ,स्थानीय र प्रहरीको सहयोगमा राति ८ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इन्भर्टरबाट सो आगलागी भएको जनाइएको छ ।

सम्बन्धित समाचार