२०८३ असार १ गते , सोमबार

झापामा रुखबाट लडेर एक जनाको मृत्यु 

sajilo news
झापा
२०८० चैत्र २७ गते , मंगलबार
झापामा रुखबाट लडेर एक जनाको मृत्यु 

झापा । झापाको कनकाईमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका-२ का ५२ वर्षीय चेतबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कनकाई- २ स्थित सुकेडाँगीमा आइतबार साँझ साढे ५ को समयमा राई सिरिसको रुखमा घाँस झार्न चढेका थिए । रुखबाट लडेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि तत्काल बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि अन्यत्र लैजान भएपनि राईलाई परिवारजनले जिम्मा लिएर घर ल्याएको र सोही दिन राती ८ बजे घरमै मृत्यु भएको जनाइएको छ । 

 

सम्बन्धित समाचार