२०८३ असार १ गते , सोमबार

भद्रपुरमा एकै पटक चारवटा सीप विकास तालिमको उद्घाटन

sajilo news
झापा
२०८० चैत्र २६ गते , सोमबार
भद्रपुरमा एकै पटक चारवटा सीप विकास तालिमको उद्घाटन

भद्रपुर । भद्रपुरमा एकै पटक चार वटा सीप विकास तालिमको उद्घाटन गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत भद्रपुर वडा नम्बर १ मा सोमबार एक कार्यक्रमबीच तालिमहरूको उद्घाटन गरिएको हो । 

दुई महिने सिलाइ कटाइ तालिममा १३ जना, दुई महिने ब्युटी पार्लर तालिममा १२ जना, एक महिने जुत्ता चप्पल बनाउने तालिममा २६ जना र पशुपालन सम्बन्धी ५ दिने तालिममा १४ जना गरी ६५ जना सहभागी रहेको जनाइएको छ ।

भद्रपुर १ नम्बर वडा अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षता तथा नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, आर्थिक विकास समिति संयोजक प्रशंसा ठटाल, सामाजिक विकास समिति संयोजक सीतादेवी ढकाल न्यायिक समिति संयोजक सन्ध्या कुमारी डङ्गोल, कार्यपालिका सदस्य सिता कुमारी गुरुङ, वडा सदस्यहरू टिकाप्रसाद भण्डारी, दिल बहादुर लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

वडा सचिव राजेन्द्र प्याकुरेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन रोजगार संयोजक टिकाराम पाण्डेले गरेका थिए । तालिममा सिलाइ कटाइ प्रशिक्षक दुर्गा माया राई, ब्युटी पार्लर सुनिता राई, जुत्ता चप्पल प्रशिक्षक निरादेवी ढकाल र पशुपालनमा प्रशिक्षक द्रोणबहादुर रेश्मीले सहजिकरण गर्ने जनाइएको छ । उद्यम विकास सहजकर्ता माया मर्डी समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार