२०८३ बैशाख २४ गते , विहीबार

सुनसरीमा रकम लुटेर फरार भएका दुईजना पक्राउ

sajilo news
सुनसरी
२०८० चैत्र २६ गते , सोमबार
सुनसरीमा रकम लुटेर फरार भएका दुईजना पक्राउ

सुनसरी रकम लुटेर फरार भएका दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको भोक्राहानरसिंह गाउपालिका-५  का २९ वर्षीय मो.इब्रान मन्सुरी मियाँ र वडा नम्बर ४ का ३६ वर्षीय उमेश मुखिया रहेका छन्।  

इनरूवा नगरपालिका-९, चाइनिज स्कुल नजिकै एकान्तबाटोमा यही चैत २१ गते जग्गा बिक्री गरेर घर फर्कदै गरेका सुनसरीको हरिनगरा गाउँपालिका-२ का ६१ वर्षीया सहिरा मिया र  उनको नाति ३० वर्षीय आशिफ अंसारीको साथबाट ५ लाख ३५ हजार रुपैयाँ लुटेर फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार उनीहरूले प्रयोग गरेको को प्र १-०२-०४५ प १६६८ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ।  

उनीहरुले लुटेको रकममध्ये लुटिएको मध्ये प्रतिव्यक्ति ५१ हजारका दरले जम्मा एक लाख २ हजार रकम बरामद गरिएको उनले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सुनसरीमा प्रस्तुत गरी ६ दिनको म्याद थप अनुमति लिई घटनाको  अनुसन्धान थलिएको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार