२०८३ असार १ गते , सोमबार
बसको ठक्करबाट साईकल यात्रीको मृत्यु
पूर्व-पश्चिम लोकमार्ग अन्तरगत मोरङको सुन्दरहरैचा-८ मा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साईकल यात्री सोही ठाउँका स्थानीय ७९ वर्षीय वृद्ध डम्बरु प्रसाद निरौलालाई ठक्कर दिएको थियो ।
घाइते उनलाई उपचारको लागी विराटनगर नोबेल अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस चालक सुनसरीको धरान- २० का बलबहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।