२०८३ बैशाख २४ गते , विहीबार

सब्जी बोक्ने मिनी ट्रकबाट गाँजा बरामद

sajilo news
झापा
२०८० चैत्र २६ गते , सोमबार
सब्जी बोक्ने मिनी ट्रकबाट गाँजा बरामद

धनकुटाको साँगुरीगढी गाउँपालिका- ६ भेडेटार चोकबाट मिनी ट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ ।

सब्जी बोक्ने मिनी ट्रकमा लागु औषध गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा आइतबार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले रोकेर राखेको को १ ख ३२९४ नम्बरको  मिनी ट्रकलाई चेकजाँच गर्दा गाडीमा लोड भएको सब्जीको बोरा भित्र प्याक गरी लुकाइछिपाई राखेको अवस्थामा ५४४ केजी लागु औषध गाँजा बरामद गरेको हो ।

गाँजा र सवारी साधन नियन्त्रणमा लिइएको र ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भइरहेको  जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सम्बन्धित समाचार