२०८३ असार १ गते , सोमबार

दमकमा मोटरसाइकल दुर्घटनामा परी दुईजना घाइते

sajilo news
झापा
२०८० चैत्र २६ गते , सोमबार
दमकमा मोटरसाइकल दुर्घटनामा परी दुईजना घाइते

झापाको दमकमा मोटरसाइकल दुर्घटनामा परी दुईजना घाइते भएका छन् । गएराति साढे ९  बजेको समयमा दमक नगरपालिका- १ भाङबारीस्थित भित्री सडक खण्डमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको प्र १–०१–०१६ प २५६१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक कमल गाउँपालिका–६ बस्ने २५ वर्षीय शङ्कर श्रेष्ठ र पछाडि सवार दमक नगरपालिका–२ बस्ने ३२ वर्षीय सुजन बुढाथोकी घाइते भएका छन् । दुवै घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार