२०८३ असार १ गते , सोमबार

सुनसरी अझै शान्त भएन, इनरुवासहितका पाँच पालिकामा थप कर्फ्यू

sajilo news
सुनसरी
२०८० चैत्र २५ गते , आईतबार
सुनसरी अझै शान्त भएन, इनरुवासहितका पाँच पालिकामा थप कर्फ्यू

सुनसरीको हरिनगरा लगायतका आसपासका क्षेत्रमा तीनदिनदेखि भएको प्रदर्शन नरोकिएपछि सदरमुकाम इनरुवा लगायत पाँच पालिकामा आइतबारदेखि थप कर्फ्यू लगाइएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले हरिनगरा गाउँपालिका र अन्य स्थानमा आंशिक रुपमा कर्फ्यू लगाइएको जानकारी दिए। 

हरिनगरा गाउँपालिकामा दर्जन बढीको संख्यामा रहेको समूहले स्थानीय जीवन मेहतालाई मरनासन्न हुनेगरी कुटपिट गरेपछि अशान्त बनेको छ। दुई समूहबीच भएको कुटपिटका कारण यहाँ सामाजिक सद्भाव भड्कन नदिन र जनताको जीउधनको सुरक्षाका लागि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। 

सिंगो हरिनगरा गाउँपालिका र देवानगन्जको वडा नम्बर १ र ७ मा अनिश्चितकालिन कर्फ्यू लगाइएको उनले बताए। सदरमुकाम इनरुवा नगरपालिका तथा कोशी, भोक्राहा नर्सिङ गाउँपालिका र देवानगन्जको १,३,४,५ र ६ नम्बर वडामा  दिउँसो १ बजेदेखि ५ बजेसम्म कर्फ्यू लगाइएको छ। प्रशासनको निर्देशनलाई अवज्ञा गरिए स्थानीय प्रशासन ऎन २०२८ अनुसार कडा कारबाही गरिने प्रजिअ आचार्यले चेतावनी दिए। 

सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीलेले जीवन मेहतालाइ कुटपिट गरिएको घटनामा ७ जनाविरुद्ध किटानी जाहेरी आएको बताए। उनले उक्त घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको र अन्य ६ जनाको खोजी भइरहेको बताए। घटनाको सुनसरीका सबै राजनितिक दल र पाँचवटै पालिकाका जनप्रतिनिधिहरुले संयुक्त विज्ञप्ति निकालि घटनाको विरोध जनाउँदै दोषीलाई कार्बाहिको माग गरेका छन्। अन्नपूर्ण पोष्टबाट साभार

सम्बन्धित समाचार