२०८३ असार १ गते , सोमबार

तरुण दल क्षेत्रीय समितिको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न

sajilo news
झापा
२०८० चैत्र २४ गते , शनिबार
तरुण दल क्षेत्रीय समितिको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न

भद्रपुर । नेपाली काँग्रेस निकट तरुण दल क्षेत्रीय समिति झापा ३ ले शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तरुण दलले शनिबार भद्रपुरमा नयाँ वर्ष, सिरुवा पावनी, इद, उभौली पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा रक्तदान गरिएको थियो ।

तरुण दलका क्षेत्रीय सभापति खडग लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सांसद भूमिप्रसाद राजवंशी, काँग्रेसका केन्द्रीय सदस्य सुशीला ढकाल, जिल्ला उपसभापति केशव पाण्डे, जिल्ला सहसचिव कालेन्द्रप्रसाद सिंह राजवंशी, क्षेत्रीय सभापति गणेश पोखरेल, तरुण दलका केन्द्रीय सदस्य श्याम सिटौला, नेपाल महिला सङ्घकी क्षेत्रीय सभापति शर्मिला अधिकारी, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य नारायण नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

सम्बन्धित समाचार