२०८३ असार १ गते , सोमबार

बिर्तामोडमा आगलागी, दुई वटा घर जलेर नष्ट

sajilo news
झापा
२०८० चैत्र २३ गते , शुक्रबार
बिर्तामोडमा आगलागी, दुई वटा घर जलेर नष्ट

बिर्तामोडमा भएको आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । आगलागीबाट बिर्तामोड नगरपालिका- ५ स्थित सुकुम्वासी टोलका बद्रीकुमार दर्जी र जैगुन खातुनको घर जलेर नष्ट भएको हो ।

आज बिहान ९ः३० बजेको समयमा दर्जीको घरको पूजा कोठामा सल्काएको अगरबत्तीबाट अचानक आगो सल्किएको बताइएको छ । आगलागीबाट दर्जीको टिनको छानो , टनिकै टाटी बेरा भएको एकतले घर तथा घरमा रहेको काठपात, फर्निचरका सामान, अन्नपात, लत्ताकपडा, भाँडा बर्तन, नागरिकतालगायतका महत्त्वपूर्ण कागजात तथा नगद रु.२२ हजारसमेत जल्दा अन्दाजी ७ लाख बराबरको क्षति भएको छ ।

सोही आगलागीबाट नजिकै रहेको जैगुन खातुनको टिनको छानो, टीनकै टाटी बेरा भएको एकतले घर तथा घरमा रहेको काठपात, फर्निचरका सामान, अन्नपात, लत्ताकपडा, भाँडा बर्तन, नागरिकतालगायतका महत्त्वपूर्ण कागजात, मोबाइल १ थान, नगद ४३ हजारसमेत जल्दा अन्दाजी ८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो आगो स्थानीयबासी ,नेपाल प्रहरी, बिर्तामोड नगरपालिकाको दमकलसमेतको सहयोगमा बिहान १०ः३० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए ।

सम्बन्धित समाचार