२०८३ असार १ गते , सोमबार

हराएका मोटरसाइकल, चार पाङ्ग्रे र अटो सम्बन्धित धनीलाई बुझाइयो

sajilo news
झापा
२०८० चैत्र २२ गते , विहीबार
हराएका मोटरसाइकल, चार पाङ्ग्रे र अटो सम्बन्धित धनीलाई बुझाइयो

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले हराएका सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । सुनसरीस्थित कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले फेला परेका सवारी साधन सम्पर्कमा आएका सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेका हुन् । 

प्रदेशका विभिन्न स्थानमा नक्कली नम्बर प्लेट राखेर चलाएको तथा सवारी साधनको आवश्यक कागज पत्र नभएको २१ वटा मोटरसाइकल, ६ वटा चार पाङ्ग्रे साना सवारी र एउटा अटो ट्याम्पो ट्राफिक प्रहरीले फेला पारेको थियो । त्यसमध्ये ९ वटा मोटरसाइकल र २ वटा चार पाङ्रग्रे सवारी साधन सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइसकेको छ ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक खापुङले सवारी धनी तथा चालकहरूलाई आफ्नो साधन सुरक्षित स्थानमा पार्किङ गर्न, सवारी पार्किङ गरे पश्चात् ह्वील लक, चेन लक, ह्यान्डल लक, डिस्क लक अनिवार्य लगाउन तथा सुरक्षा साइरनहरू सवारीमा जडान गर्न आग्रह गरेका छन् । 

 

सम्बन्धित समाचार