२०८३ असार १ गते , सोमबार

भद्रपुरको कमलधापमा बुद्ध उद्यानको उद्घाटन

sajilo news
झापा
२०८० चैत्र २२ गते , विहीबार
भद्रपुरको कमलधापमा बुद्ध उद्यानको उद्घाटन

भद्रपुर । भद्रपुर- २ स्थित धार्मिक तथा ऐतिहासिक समावेशी धाम कमलधापमा भगवान् गौतम बुद्धको प्रतिमा सहित उद्यानको उद्घाटन गरिएको छ ।

पदम छ्योलिङ गुम्बा परिसरमा लालबहादुर तामाङ पाख्रिन परिवारले निर्माण गरिदिएको उद्यानको भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका हुन् ।

दाता परिवारका सदस्य जगतबहादुर तामाङ पाख्रिनले स्व. पिता माता राजमान र दरीमायाको स्मृतिमा बनाएको बौद्ध उद्यानले भद्रपुरको धार्मिक पर्यटन तथा नैतिक वान समाज निर्माणमा टेवा दिने विश्वास व्यक्त गरेका छन् ।

गुम्बा व्यवस्थापन समितिका अध्यक्ष डिबी लामाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लामा गुरु ज्ञानका लागि आयोजित ३ महिने गुफा लामा ज्ञान प्राप्ति तपस्याको समेत समापन गरिएको थियो । भारत दार्जिलिङका लामा गुरु लोवेन पासाङ दोर्जेको प्रत्यक्ष रेखदेखमा ३ जना लामा गुरु सहित १७ जनाले लामा ज्ञानका लागि गुफालामा ज्ञान प्राप्ति तप माघ ८ गतेदेखि चैत्र २२ गतेसम्म ध्यान, ज्ञान र तपस्या गरेका थिए ।

कार्यक्रममा लामा गुरु दोर्जे सहित गुम्बाका पूर्व अध्यक्ष विशाल थिङ लगायतलाई सम्मान गरिएको थियो भने लामा ज्ञान प्राप्त प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गरिएको थियो । मानबहादुर तामाङले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर २ नम्बर वडाध्यक्ष रामबहादुर कँडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार