२०८३ असार १ गते , सोमबार

प्रादेशिक अस्पताल कर्मचारी युनियनको अध्यक्षमा पोखरेल

sajilo news
झापा
२०८० चैत्र ११ गते , आईतबार
प्रादेशिक अस्पताल कर्मचारी युनियनको अध्यक्षमा पोखरेल

भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुर अस्पताल विकास समिति कर्मचारी युनियन इकाई समिति पुनर्गठन गरिएको छ। समितिको तेस्रो साधारण सभा तथा अधिवेशनले डिल्लीराम पोखरेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा निरू कँवर, सचिवमा देवेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा गणेशदत्त तिमल्सिना र सहसचिवमा जितेन्द्र चौधरी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा ममता यादव, अमृत राजवंशी, कुसुम शर्मा, रचना शर्मा, सुनिता खाती, खेम चम्लागाईं, सागर कार्की र झुमा लामिछाने चयन भएका छन् । 

युनियनका केन्द्रीय महासचिव नवराज लुइँटेलको प्रमुख आतिथ्य र केन्द्रीय कोषाध्यक्ष बद्री बस्नेत तथा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काको विशेष आतिथ्यमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सभा हलमा साधारण सभा सम्पन्न भएको थियो । अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष निरू कँवरले र स्वागत मन्तव्य ममता यादवले राखेकी थिइन् । 

सम्बन्धित समाचार