२०८३ असार १ गते , सोमबार
अण्डा घाँटीमा अड्किएर एक जनाको मृत्यु
ओखलढुङ्गामा उसिनेको अण्डा खाँदा घाँटीमा अड्किएर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीय काजी भुजेल रहेको प्रहरीले जनाएको छ । हिजो शुक्रबार साँझ ६ बजेको समयमा बरुणेश्वर रामपुरको एक होटेलमा अत्यधिक मदिरा सेवन गरी अण्डा उसिनेर खाने क्रममा घाँटीमा अड्किएर श्वास फेर्न नसकेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।