२०८३ असार १ गते , सोमबार

साहित्यकार आचार्यलाई गोमेन्द्र सम्मान

sajilo news
झापा
२०८० चैत्र १० गते , शनिबार
साहित्यकार आचार्यलाई गोमेन्द्र सम्मान

बिर्तामोड । साहित्यकार तथा पत्रकार केशव आचार्यलाई यस वर्षको गोमेन्द्र सम्मान प्रदान गरिएको छ । बिर्तामोड- ४ स्थित गोमेन्द्र बहुमुखी महाविद्यालयको २८ औं वार्षिकोत्सवका अवसरमा नगद २१ हजार १२१ रुपैयाँसहित आचार्यलाई सो सम्मान प्रदान गरिएको हो । गोमेन्द्र बहुमुखी महाविद्यालयले २०७२ सालदेखि सो सम्मान दिँदै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार नीलमणि पोखरेल , कार्यक्रमका अध्यक्ष गोमेन्द्र बहुमुखी महाविद्यालय संस्थापक अध्यक्ष गणेशप्रसाद खनाल , क्याम्पसका प्राचार्य डा.रूपक खनाल, सह प्राचार्य सरूँ भुर्तेल खनाललगायतले नगद , दोसल्ला , सम्मान पत्रसहित सो सम्मान प्रदान गरेका थिए । साहित्यकार आचार्य विभिन्न ४० वटा पुरस्कार , सम्मान र प्रशंसाबाट पुरस्कृत र सम्मानित भइसकेका छन् ।

सम्बन्धित समाचार