२०८३ जेष्ठ ३० गते , शनिबार

चैतमा पनि हिउँले ढाकियो इलामको सन्दकपुर

sajilo news
इलाम
२०८० चैत्र ७ गते , बुधबार
चैतमा पनि हिउँले ढाकियो इलामको सन्दकपुर

पूर्वको सुन्दर पर्यटकीय स्थल इलामको सन्दकपुरमा हिउँ परेको छ । इलामकै सबैभन्दा अग्लो शिखर सन्दकपुरमा चैत महिनामा हिउँले ढाकेपछि यो स्थानमा पर्यटकीय गतिविधि बढ्ने देखिएको छ ।

सन्दकपुर प्राकृतिक सौन्दर्यले भरिपूर्ण इलामको एक विशेष पर्यटकीय क्षेत्र हो । यहाँ विश्व रामसार सूचीमा सूचीकृत माइपोखरी (२१२१मि) रामसार क्षेत्र, इलामकै सबैभन्दा अग्लो शिखर सन्दकपुर (३६३६ मि), छिन्तापु (३३५३मि), टप्पु, माबुथाम, हागेथाम, जौवारि र नेपालको दोस्रो अग्लो झरना टोड्के झरना (२७८फिट), जमुनाको ढाप पोखरी, कालपोखरी, सुकेपोखरी, लामपोखरी, हासपोखरी लगायतका अत्यन्तै रमणीय मनमोहन क्षेत्र रहेका छन्।

सम्बन्धित समाचार