२०८३ जेष्ठ ३० गते , शनिबार

आगोले जलेर झापाको गौरीगञ्जमा एकजनाको मृत्यु

sajilo news
झापा
२०८० चैत्र ७ गते , बुधबार
आगोले जलेर झापाको गौरीगञ्जमा एकजनाको मृत्यु

झापाको गौरीगञ्जमा आगोले जलेर एक जनाको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका-१ बिर्खेबस्तीका ५५ वर्षीय नीलकण्ठ घिमिरे जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

रंगेथान बस्ने गरमलाल राजवंशीको तरकारी खेतीमा माथिबाट छोपेको परालमा अचानक आगलागी हुँदा घिमिरेको जलेर मृत्यु भएको हो । राजवंशीले जानकारी गराउनासाथ प्रहरी टोली घटनास्थल पुगेर मृतक घिमिरेको शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घिमिरे मंगलबार साँझ ५ बजे घरबाट हिँडेका थिए ।

सम्बन्धित समाचार