२०८३ बैशाख २४ गते , विहीबार

नक्कली मुद्रासहित पाकिस्तानी नागरिक पक्राउ

sajilo news
रासस
२०८० फाल्गुन २४ गते , विहीबार
नक्कली मुद्रासहित पाकिस्तानी नागरिक पक्राउ

काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एकजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

निजलाई आज सार्वजनिक गर्दै प्रहरीले पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खानलाई एक हजार दरको १४ थान थाईभाटसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले राससलाई बताए । 

“ठमेलस्थित गरिमा विकास बैंकबाट नोट साट्ने क्रममा नक्कली नोट बोकेका उनलाई मङ्गलबार साँझ सादा पोसाकमा परिचालन भएका सुरक्षाकर्मीले पक्राउ गरेका हुन्”, प्रहरी प्रवक्ता ढकालले भने ।

सम्बन्धित समाचार