२०८३ बैशाख २४ गते , विहीबार

मोरङमा १५ वर्षीया किशोरीको हत्या

sajilo news
मोरङ
२०८० फाल्गुन २२ गते , मंगलबार
मोरङमा १५ वर्षीया किशोरीको हत्या

मोरङको पथरीशनिश्चरे—७ स्थित लामाटोलीमा गएराति १५ वर्षीया किशोरीको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । आफन्तको घरमा बस्दै आएकी सन्जना भन्ने ज्ञानमति थुलुङ राईको हत्या भएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिए ।

राति करिब १० बजे ऐया भनेको आवाज आएपछि हेर्न जाँदा घाँटीमा धारिलो हतियार प्रहार भएर लडेको अवस्थामा फेला परेको विनोद राईले बताए । मृतक राईको शव घर र शौचालयको बीचमा फेला परेको प्रहरीले जनाएको छ । विनोद ज्ञानमतिको मामाका छोरा हुन् । घट्नाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक सुशिलकुमार पाण्डेले जानकारी दिए । घटना कसले र किन गरायो त्यसबारे खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार