२०८३ बैशाख २४ गते , विहीबार

झापामा छोराको बन्चरो प्रहारबाट बुबा घाइते

sajilo news
झापा
२०८० फाल्गुन १८ गते , शुक्रबार
झापामा छोराको बन्चरो प्रहारबाट बुबा घाइते

झापाको दमकमा आफ्नै छोराको बन्चरो प्रहारबाट बुबा सख्त घाइते भएका छन् । बिहीबार साँझ ७ः२५ बजेको समयमा दमक नगरपालिका-९ का ६१ वर्षीय सुरेन्द्र ढकाललाई उनका छोरा ३१ वर्षीय कुशल ढकालले बन्चरो प्रहार गरी घाइते बनाएका हुन् ।

खाना खाने बेलामा सामान्य वादविवादको कारण छोराले सानो हाते बन्चरोले बुबाको निधार, दाहिने खुट्टाको नलीमा प्रहार गरेका थिए । घाइतेको निम्स अस्पताल दमकमा उपचार भइरहेको  छ । उनको अवस्था मध्यम रहेको छ । बन्चरो प्रहार गर्ने छोरा फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

सम्बन्धित समाचार