सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको अध्यक्षमा पुनः पाठक
भद्रपुर । भद्रपुरस्थित सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको अध्यक्षमा पुनः दुर्गाप्रसाद पाठक चयन भएका छन् । चन्द्रगढीमा बिहीबार सम्पन्न केन्द्रको ५ औं अधिवेशन तथा साधारण सभाले पाठकको अध्यक्षमा चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा बाबुराम कार्की, महिला उपाध्यक्षमा मिरा सन्जेल, सचिवमा खड्गबहादुर बुढाथोकी, सहसचिवमा निर्मला बास्तोला र कोषाध्यक्षमा ज्योति न्यौपानेलाई चयन भएका छन् । त्यस्तै
सदस्यहरूमा कृष्णप्रसाद पाठक, लालबहादुर चाहार, गङ्गा लिम्बू, कमला दाहाल पाठक, अनिता बिमली, दुर्गा निरौला, महेश न्यौपाने, शिला साह र सुशीला दाहाललाई चयन भएका छन् । कार्यक्रमको उद्घाटन बोल्दै प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले प्रहरीबाट अपराध मुक्त समाज निर्माणको समुदायले परिकल्पना गरेको बताउँदै अपराध न्यूनीकरणमा समुदायले प्रहरीलाई सहयोग गर्नु पर्ने बताए ।
सभामा वर्ष उत्कृष्ट सञ्चालकमा खड्ग बहादुर बुढाथोकी तथा केन्द्रलाई पूर्ण रुपमा सहयोग गर्ने प्रहरी हवल्दार अमरकुमारी खड्का र प्रहरी सहायक हवल्दार मनिषा अधिकारीलाई सम्मान गरिएको थियो । पाठकको अध्यक्षतामा भएको कार्यक्रममा धनप्रसाद सिवाकोटीले संस्थाको प्रगति विवरण प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष बाबुराम कार्कीले राखेका थिए ।