२०८३ असार १० गते , बुधबार

नेपाल घुम्न आएका भारतीय नागरिक काँकडभिट्टाबाट बेपत्ता

sajilo news
झापा
२०८० फाल्गुन १८ गते , शुक्रबार
नेपाल घुम्न आएका भारतीय नागरिक काँकडभिट्टाबाट बेपत्ता

नेपाल घुम्न आएका एक भारतीय नागरिक बेपत्ता भएका छन् । भारतको जालीपुल पोस्ट अफिस रानीपुल इष्ट सिक्किम गान्तोकका ४३ वर्षीय विकास गुरुङ नेपाल घुम्न आउनेक्रममा काँकडभिट्टाबाट बेपत्ता भएका हुन् ।

गहुँगोरो वर्णका गुरुङले सेतो ज्याकेट र सेतै रंगको पाइन्ट लगाएको बताइएको छ । नेपाली र हिन्दी भाषा बोल्न सक्ने गुरुङ बेपत्ता भएसँगै खोजी गरिदिनुहुन उनका परिवारले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा निवेदन दिएको छ ।

फागुन १४ गते सिक्किमको गान्तोकबाट काँकडभिट्टा आउनेक्रममा काँकडभिट्टाबाट हराइरहेकाले खोजी गरिदिनुहुन सबैसँग उनको परिवारले आग्रह गरेको छ ।

अन्दाजी पाँच फिट पाँच इन्च उचाइ भएका गुरुङलाई कतै कसैले फेला पारेमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन परिवारले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार