२०८३ बैशाख २४ गते , विहीबार

बिर्तामोडमा ब्राउन सुगरसहित एकजना पक्राउ

sajilo news
झापा
२०८० फाल्गुन १७ गते , विहीबार
बिर्तामोडमा ब्राउन सुगरसहित एकजना पक्राउ

बिर्तामोड ।  बिर्तामोडमा ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले बुधबार साँझ ६ बजेको समयमा बिर्तामोड- ६ बुट्टावारिको स्टाफ चौकमा भद्रपुर-५ घर भई हाल अर्जुनधारा नगरपालिका-११ बस्ने २५ वर्षीय सुरज विश्वकर्मा शङ्कास्पद तवरले हिँडडुल गरिरहेको अवस्थामा रोकेर चेकजाँच गरेका थिए । 

त्यस क्रममा उनको दाहिने हातमा खुकुरी चुरोटको खोल फेला परेको र सो खोलभित्र २ ग्राम २५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई ब्राउन सुगर, नगद, सिम र मोवाईलसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार