२०८१ बैशाख ७ गते , शुक्रबार

शिवसताक्षीमा परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित प्रबोधिकरण

sajilo news
झापा
२०८० फाल्गुन ७ गते , सोमबार
शिवसताक्षीमा परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित प्रबोधिकरण

शिवसताक्षी । झापाको शिवसताक्षीमा विद्यालय तहका शिक्षक-शिक्षिकालाई परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित एक दिवसीय प्रबोधिकरण गराइएको छ ।

शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विषय विज्ञ सहजकर्ताद्वारा प्रबोधीकरण गराइएको हो । झापाको दुई अलग अलग स्थानमा भएका कार्यक्रममा जिल्लाका करिब ३ सय विषय शिक्षक सहभागी थिए । निमा प्रकाशनको आयोजनामा सोमबार शिवसताक्षी र शनिवार बिर्तामोड नगरमा गणित र सामाजिक अध्ययन विषयका शिक्षक शिक्षिका सँग प्रकाशनका लेखकले अन्तरक्रिया गरेका थिए ।

विद्यार्थी पुस्तक पसल बिर्तामोडको प्रायोजन रहेको कार्यक्रममा दुई वटै विषयका शिक्षक शिक्षिकालाई प्रवोधिकरण गराइएको थियो । बिर्तामोडको आदर्श व्याङक्वेटमा आयोजित कार्यक्रममा जिल्लाका कनकाई, बिर्तामोड र अर्जुनधाराका करिब १ सय ५० शिक्षक सहभागी थिए । यस्तै शिवसताक्षीको वाटर किङडम पार्कमा आयोजित कार्यक्रममा १ सय ६५ शिक्षक सहभागी थिए । निमा प्रकाशनका अनुसार कक्षा ४ देखि १० सम्म अध्यापन गराउने शिक्षक शिक्षिकालाई प्रवोधिकरण गराइएको हो । प्रकाशनका प्रबन्धक निर्देशक मोहन घिमिरेका अनुसार सामाजिक र गणित विषय अध्यापन गराउने शिक्षकलाई प्रबोधिकरण गराइएको हो । प्रबोधिकरण भनेको कुनै विषयमा बोध गराउने वा विषयवस्तु सम्बन्धी जानकारी दिने वा प्रसार गर्ने हो ।

विषय विज्ञ अर्थात् पाठ्यपुस्तकका लेखक निमा प्रकाशनका प्रबन्धक निर्देशक घिमिरेले सामाजिक विषयमा प्रबोधिकरण गराएका थिए । यस्तै गणित विषयका विज्ञ पाठ्यपुस्तक लेखक केशव कुँवरले प्रवोधिकरण गराएका थिए । उनीहरूले परिवर्तित पाठ्यक्रमका विषयमा शिक्षक शिक्षिकालाई जानकारी गराएका थिए । उनीहरूले पाठ्यक्रम सम्बन्धी प्रबोधिकरण, प्रभावकारी प्रश्न निर्माण, अध्यापन कला सिप र प्रश्न निर्माण सँगै उत्तर परीक्षण सम्बन्धी अन्तरक्रिया गरेका थिए । शिवसताक्षीको कार्यक्रमको उद्घाटन झापा निर्वाचन क्षेत्र नम्बर ४ (१)का सांसद राधा कृष्ण खनालले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद खनालले समय – समयमा शिक्षक शिक्षिकाको पेसागत अभिवृद्धि, भाषा विकास र विद्यार्थी लक्षित कार्यक्रमका माध्यमबाट शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षक शिक्षिकालाई यस्ता कार्यक्रममा सहभागी गराइरहनुपर्ने बताए । सांसद खनालले सरकारले गर्ने काम निजी प्रकाशन गृहले गरेर शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको चर्चा गरे । ‘यस्तो कार्यक्रमले शिक्षण सिकाइलाई सहज एवम् प्रभावकारी बनाउन योगदान पुर्‍याउँछ, उनले भने ।’

कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याव्सनका शिवसताक्षी नगर अध्यक्ष राम सुहाङ, नेपाल शिक्षक संगठनका नगर सचिव गोविन्द काफ्लेले पाठ्यक्रम तथा पाठ्यपुस्तक अध्यापन गराउनका लागि प्रबोधीकरण आवश्यक महसुस गर्दै कार्यक्रम आयोजना गर्ने निमा प्रकाशनलाई धन्यावाद दिए ।

कार्यक्रममा सहभागी शिक्षक काफ्लेले यो कार्यक्रम एक वर्षमा एक पटक कम्तीमा तीन दिनको राखेर शिक्षक शिक्षिकालाई प्रवोधिकरण गराए नीमा प्रकाशनका पुस्तकले बजारमा पहिलो स्थान पाउने बताए । ‘कुनै समय बजारमा निमाका पाठ्यपुस्तक एक छत्र थियो । अहिले फेरी बजारमा आएको थाहा पाउँदा खुसी लागेको छ,’ सहभागी शिक्षक काफ्लेले भने । प्रबोधीकरणले शिक्षण सिकाइको गुणस्तरीयता अभिवृद्धिमा पनि सहयोग पुग्ने विषय विज्ञ सहजकर्ताले विश्वास गरेका छन् । कार्यक्रमको सहजिकरण पत्रकार विनोद सापकोटाले गरेका थिए ।

सम्बन्धित समाचार