२०८१ कार्तिक २८ गते , बुधबार

भारतद्वारा मौसम उपग्रह प्रक्षेपण

sajilo news
रासस
२०८० फाल्गुन ७ गते , सोमबार
भारतद्वारा मौसम उपग्रह प्रक्षेपण

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले शनिबार नयाँ मौसम उपग्रह आएनएसएटी-३ डीएस कक्षमा प्रक्षेपण गरेको छ । जियोसिंक्रोनस लन्च भेइकल रकेटमा सवार मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्द्र प्रदेशको श्रीहरिकोटाबाट साँझ ५ः३५ मा उडेको थियो । उक्त गाडीले उपग्रहलाई जियोसिंक्रोनस ट्रान्सफर अर्बिटमा सफलतापूर्वक प्रवेश गरेको इसरोले पोष्ट गरेको छ ।

इसरोका अनुसार उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन र मौसम पूर्वानुमान र प्रकोप चेतावनीका लागि भूमि र समुद्र सतहहरूको निगरानीका लागि डिजाइन गरिएको हो । दुई हजार २७४ केजी तौल भएको उक्त स्याटेलाइटले भारतको मौसम विज्ञान विभागलगायत पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गतका विभिन्न विभागलाई सहयोग पु¥याउनेछ । रासस/सिन्हृवा ।

 

सम्बन्धित समाचार