२०८३ जेष्ठ ३० गते , शनिबार
हात्तीले झापाको अर्जुनधारामा एउटा घर भत्कायो
अर्जुनधारा । झापाको अर्जुनधारामा हात्तीले जंगली एउटा घर भत्काएको छ । गएराति तीन वटा हात्तीले अर्जुनधारा- १ मदनपुर बस्ने बलबहादुर तामाङको बाँसको टाटीले बेरेको जस्ताको छानो भएको एकतले घर भत्काई दिएको हो । हात्तीले घर पूर्ण रुपमा भत्काई, घरभित्र रहेका धान, चामल खाई लत्ताकपडा, भाडावर्तनमा गरी अन्दाजी ३ लाख बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।