२०८३ जेष्ठ ३० गते , शनिबार

पश्चिमी र बंगालको खाडीको वायुका कारण देशभर मौसम बदली

sajilo news
झापा
२०८० फाल्गुन २ गते , बुधबार
पश्चिमी र बंगालको खाडीको वायुका कारण देशभर मौसम बदली

पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण काठमाडौं उपत्यकासहित देशभर बदली भएको छ । बुधबार बिहानैदेखि देशका विभिन्न स्थानमा बादल र कुहिरो लागेको छ। जलवायु विज्ञ धर्मराज उप्रेतीका अनुसार पश्चिम  वायु र बङ्गालको खाडीको वायुको प्रभावले बनाएको एन्टिसाइक्लोनको अवस्थाले देशभर नै बादल लागेको छ।

सुदूरपश्चिका पहाड र तराई, कोशी प्रदेशमा हल्का पातलो बादल लागेको छ । देशको अन्य भाग कर्णालीदेखि वागमती  प्रदेश र मधेस प्रदेशसम्म बादल बाक्लो देखिएको छ ।

केही भागमा पछिल्लो २४ घण्टामा हल्का वर्षा र हिमाली भेगमा हिमपात भएको उप्रेतीले बताए। उनका अनुसार बादल आज रातिदे खि नै हटेर जाने र भोलि घाम लाग्ने सम्भावना रहेको छ । 

सम्बन्धित समाचार