२०८३ जेष्ठ ३० गते , शनिबार

झापाको दुर्गापुरमा प्रहरी विट सञ्चालन

sajilo news
झापा
२०८० फाल्गुन २ गते , बुधबार
झापाको दुर्गापुरमा प्रहरी विट सञ्चालन

झापाको कनकाई नगरपालिका-७ दुर्गापुरमा प्रहरी विट निर्माण गरिएको छ । दुई कट्ठा जग्गामा १४ लाख रुपैयाँको लागतमा ४ कोठे प्रहरी विट निर्माण गरिएको हो । जसको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आज उद्घाटन गरे ।

कनकाई ७ का वडा अध्यक्ष भिष्मभुषण सिटौलाको अध्यक्षता तथा नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्यमा उद्घाटन गरी अस्थायी प्रहरी बिट दुर्गापुरलाई हस्तान्तरण गरिएको छ ।कार्यक्रममा विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी , इलाका प्रहरी कार्यालय अनारमनिका प्रमुख डीएसपी सुरज कार्कीले, विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि र नेपाल प्रहरीलगायतको उपस्थिति रहेको थियो ।

कनकाई नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीय र प्रहरीको सक्रिय सहभागितामा २ कट्ठा नम्बरी जग्गामा जस्ताको छानो भएको ४ कोठे पक्की भवन १४ लाख रुपैयाँको लागतमा निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । त्यस विटमा हवलदारको कमान्डमा पाँच जना प्रहरी रहने जनाइएको छ ।

सम्बन्धित समाचार