२०८१ बैशाख ३ गते , सोमबार

भद्रपुर माविको अध्यक्षमा बुद्धिमान

sajilo news
झापा
२०८० माघ २२ गते , सोमबार
भद्रपुर माविको अध्यक्षमा बुद्धिमान

भद्रपुर । भद्रपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आकाश लिम्बु (बुद्धिमान) मनोनीत भएका छन् । विद्यालयको सभाहलमा सोमवार भएको पहिलो बैठकले लिम्बुलाई अध्यक्षमा पदमा मनोनीत गरेका हुन् । यसअघि लिम्बु सदस्य पदमा बसेर समितिको जिम्मेवारी निर्वाह गरिसकेका छन् । 

जिल्लाकै पुरानो विद्यालय मध्येको एक भद्रपुर माविको व्यवस्थापन समितिको अध्यक्ष जस्तो गरिमामय पदमा आफूलाई सर्वसम्मत रुपमा मनोनीत गरेकोमा लिम्बुले  अभिभावक, शिक्षा प्रेमी ,बुद्धिजीवी, शुभचिन्तकहरूलाई धन्यवाद प्रकट गरेका छन् । उनले शिक्षाको गुणस्तर वृद्धि गर्न, भौतिक सुधार साथै विद्यालयको समृद्धि र विकासको निम्ति सुझावसँगै सधैँ सहयोग सहकार्यका लागि अपेक्षा समेत गरेका छन् । 

सम्बन्धित समाचार