२०८३ जेष्ठ ३० गते , शनिबार

धरानमा सुम्निमा र पारुहाङको मूर्ति अनावरण

sajilo news
रासस
२०८० माघ २२ गते , सोमबार
धरानमा सुम्निमा र पारुहाङको मूर्ति अनावरण

धरान । धरान उपमहानगरपालिका–१७ साकेला सांस्कृतिक पार्कमा सुम्निमा पारुहाङको मूर्ति अनावरण  गरिएको छ । सुनसरी जिल्लामा पहिलोपटक सबैभन्दा अग्लो सुम्निमा पारुहाङको मूर्ति  निर्माण गरिएको हो ।

धरान–१८ निवासी कृष्णदेव राई र दया राईले रु २५ लाखको लागतमा मूर्ति निर्माण गरेका हुन् । उक्त मूर्तिको उद्घाटन धरान उपमहानगरपालिकाका नगर उपप्रमुख आइन्द्रविक्रम बेघाले गरे ।

किरातीहरुको आदिम पुर्खा सुम्निमा पारुहाङको १२ फिट अग्लो मूर्ति सुनसरीमै पहिलोपटक निर्माण गरिएको यायोक्खाका अध्यक्ष राजेन्द्र राईले बताए ।

धरानका नगरप्रमुख हर्कराज राई साम्पाङको नेतृत्वमा धरान–२० चिन्डेडाँडा क्षेत्रमा पनि किरात राई समुदायका देउता सुम्निमा पारुहाङको प्रतिमा निर्माण गरिने भएको छ ।

सम्बन्धित समाचार